काठमाण्डौ । मधेस प्रदेशमा आज बिहानैदेखि तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण ३ जनाको मृत्यु भएको छ ।
हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर धनुषाको सबैला नगरपालिकामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा धनुषा सबैलाकी ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदाको मृत्यु भएको हो । सवैलाको फकिरचन्द्र माध्यमिक विद्यालयमा रहेकै बेला रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
यस्तै रौतहटमा हावाहुरीले ४५ वर्षीया महिला फूलमति देवीको मृत्यु भएको छ । रुख ढलेर घर भत्किएपछि च्यापिएर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
यस्तै, तीव्र हावाहुरीका कारण मधेसको प्रदेश सभाको पाँचौं वार्षिकोत्सव समारोह समेत स्थगित भएको छ । हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पु¥याएको छ । वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिनुभयो ।००००