काठमाडौं- उपत्यकामा जारी रहेको सवारी साधनको जोर–बिजोर प्रणाली हटेको छ । काठमाडौं जिल्ला प्रशान कार्यालयले  शुक्रबार देखि लागु हुने गरि जोर बिजोर प्रणाली हटाएको हो ।

असोज १ गतेदेखि काठमाडौं उपत्यकामा भएको जोर विजोर प्रणाली लागु भएको थियो ।

जोर विजोर प्रणाली व्यवस्थाले व्यावसायिक प्रतिस्ठान, उद्योग कारखानाहरुमा आर्थिक गतिविधिमा असर पुगेको गुनासो बढेपछि हटाइएको जिल्ला प्रशाले जनाएको छ ।