"म मानिसको सफलतालाई आकाशमा उ कति माथि पुग्यो भनेर नाप्दिन । धर्तिमा थचारिएपछि कति माथि उठ्यो भन्ने मात्र जान्दछु ।" - जनरल जर्ज प्याटन
सफल जीवन सधै सबैले जिउन चाहान्छन् । तर अपवाद कमैले सफल जीवन जिउन सक्दछ्न । मानिसहरु एक दुई दिनको सुख भोग र आन्नदलाई सफल जीवनको परिभाषाभित्र संकुचित धारणाले मत राख्छन् । मत राख्नु गल्ति त हैन तर कुनै कुराको उचाइमा पुग्नु वा सबैले मान्नु, आदार गर्नु मात्र सफल जीवन हैन । "धारणाले व्यक्त गरिएका सभ्य र उच्तम् मष्तिस्कले मात्र सफलताको मार्ग चयन गर्न सक्छ ।"
प्रशस्त हुँदा र सुख सयलको स्तरबाट मानिस तल खसेको समय पछिको निरन्तरता र सकारात्मक व्यक्तले मात्र मानिस सफल हुन सक्छ । जतिसुकै उच्च सेवा तथा वस्तुहरुको उपयोग गरे पनि सफल जीवन धन सम्पतिले किन्न सकिँदैन । सफल जीवनको अर्थ "हारेको बेलामा पनि आफ्नो हार स्वीकार गर्दै सकारात्मक व्यवहार कायम गर्नु नै सफल जिवन हो । जीवन आफ्नो लागि मात्र हैन अरुको लागि पनि जिउनु पर्छ । यो वाक्याम्ससँग मिल्छ । जीवन मा धेरै अभाव र असन्तुलनको बान्धनमा पनि मनमा आनन्द लिन सक्ने व्याक्तिले नै सफल जीवन यापन गर्न सक्छन् । धन सम्पत्ति भएर गाडि, नोकर चाकर भएर मानवताको अर्थ पूरा हुँदैन । मानवताको अर्थ राखेर कुसल व्यवहार गर्दा नै जीवन सफल हुन्छ ।
माइकल ज्याकसन धेरैले भन्छन् सफल व्याक्ति हुन्, तर हैन । माइकल ज्याकसन दर्शकको सामुमा राम्रो नृत्यनाटक गर्थे तर साँझ परेपछि रातभर प्राय रक्सी र ड्रक्सको साथमा फसेको हुन्थे । सुन्दा अचम्म लाग्छ । आफ्नै बुबाको रिस फेर्न आफ्नो अनुहार परिवर्तन गरे । जीवनमा आउने समस्या र अभावलाई सकारात्मक आयमबाट पार गर्न नसक्नु नै जिवनको हार हो ।
यहाँ जीवन जिएर अरुलाई समेत असर पार्ने मानिस के धन सम्पत्ति, इज्जत, प्रतिष्ठा इत्यादिले सफल हुन सक्छ र ? सफलताको बीउ आफैसँग हुन्छ । अत् भन्न सकिन्छ, गरिबी, अभाव, असफल जीवनको कारण हैन आफ्नै व्यवहार, चरित्र र सफल व्यहारको कारण हो, जसमा नियमित परिश्रम र लगानी हुन्छ ।