सिन्धुलीमाढी। स्थानीय तहको निर्वाचन समयमै गर्न माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सिन्धुलीका विभिन्न शैक्षिक संस्थामा कालो ब्यानर टाँसेका छन्। स्थानीय तहको निर्वाचन बैशाखमै गरेर संविधान र लोकतन्त्रको रक्षाको माग गर्दै संगठनको राष्ट्रिय सर्कुलर कार्यक्रम अन्तर्गत सोमबार सिन्धुली जिल्लाका शिक्षण संस्थाहरूमा ब्यानर टाँसिएको हो।

अनेरास्ववियूले टाँसेको कालो ब्यानरमा स्थानीय तहको निर्वाचन तुरुन्त घोषणा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने माग गरिएको छ। अनेरास्ववियू बागमती प्रदेश सचिव लाल बहादुर बुढाथोकिले पदावधि लम्ब्याउने व्यवस्था संविधानले नगरेको हुँदा गठबन्धन सरकारले तुरुन्त स्थानीय चुनाबको मिति घोषणा गर्नुपर्ने बताएका छन्। गठबन्धन सरकारले संविधान संशोधन गरेर निर्वाचनको समय लम्ब्याउने मनसाय राखेकाले त्यस्तो हुन नदिन चरणवद्ध रुपमा विरोध कार्यक्रम गरेको बताएका छन्।

अनेरास्ववियू सिन्धुलीले शिक्षण संस्थाहरूमा सचेत वर्गहरु अध्ययन गर्ने भएकाले संविधानको रक्षाको लागी विद्यार्थी र संघसंगठनले गठबन्धन सरकारलाई झकझकाउन आवश्यक रहेकाले शिक्षण संस्थाहरूमा कालो ब्यानर टाँगिएको जनाएको छ। 

दबाद स्वरुप अनेरास्ववियुले सिन्धुली जिल्लाको सिन्धुली बहुमुखि क्याम्पस ढुङ्ग्रेबास, सिद्धज्योजी शिक्षा क्याम्पस फोस्रेटार, गौमति उच्च माध्यामिक विद्यालय माढिबजार लगायतका शिक्षण संस्थाहरूको गेटमाहरुमा कालो झण्डा सहितको ब्यान टाँसेका छन्।

गठबन्धन सरकार विरुद्ध अनेरास्ववियू र युवा संघद्वारा सिन्धुलीमाढीमा बिरोध प्रदर्शन