विशाल श्रेष्ठ, दक्षिण कोरिया। "आपसी सहयोग र सद्भाव सिन्धुपाल्चोक बासी मिलनको आधार" नारा लिएर २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरु मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिबेशन सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिबेसन कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुमबाट र प्रत्यक्ष उपस्थित फेन्थेकमा सम्पन्न भएको छ। अधिवेशनबाट समाजको अध्यक्षमा उत्सव खड्का वरिष्ठ उपाध्यक्षमा बेदनाथ आचार्य र सचिवमा विशाल श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ। निवर्तमान अध्यक्ष नबिन श्रेष्ठको अध्यक्षतामा भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कोरियाको लागि नेपाली कार्यबाहक महामहिम राजदूत रामसिंह थापाको प्रमुख अतिथि तथा एनआरएन दक्षिण कोरियाको अध्यक्ष दिपक पुन विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा बेदनाथ आचार्य तथा उपाध्यक्षमा सह-सचिवमा प्रवन पराजुली, निमा शेर्पा कोषाध्यक्षमा नवराज पाण्डे र सह-कोषाध्यक्षमा सुरज श्रेष्ठ रहेको छ। यसैगरी सदस्यहरुमा जयराम कोइराला, गोपाल पौडेल, उद्दव नेपाल, वर्षा तामाङ, उर्मिला सिङ्, कार्साङ तामाङ, दोर्जे शेर्पा रहेका छन्। उत्सव खड्काले सञ्चालन गरेको कार्यक्रममा सस्थाको कोषाध्यक्षम नवराज पाण्डेले आर्थिक प्रतिवेदन बुझाएर तेश्रो कार्यसमितिले गरेको कार्य सम्पादनको बारेमा जानकारी गरेका थिए। सिन्धुपाल्चोक समाज दक्षिण कोरिया ले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ।
समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ। केपि चौलागाइँ सहितको निर्वाचन संयोजक कमिटी बाट नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाइ बधाई तथा शुभकामना दिदै निर्वाचन मण्डलको सदस्य तथा सल्लाहकार सन्जिब भण्डारी ले आगामी दिनहरुमा पनि सस्थाको नितिनियममा रहेर काम गर्न र एक्यबद्धता जनाउन अनुरोध गरे। साथै सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन लाइ सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा जुम भर्चुअल माध्यम मार्फत जोडिएर सहयोग गरिदिनुहुने उपस्थित समस्त महानुभावहरु लाइ आयोजकको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गरेका छन्।