सिन्धुलीमाढी। नेकपा एमाले कमलामाइ नगरपालिका वडा नं. -१० मा विभिन्न पार्टी परित्याग गरी बरिब तीन दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। नेकपा एमालेको वडा कमिटी बैठक तथा पार्टी प्रवेश कार्यक्रममा ती नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।
नेकपा एमाले जिल्ला कमिटी सदस्य सागर कार्कीका अनुसार नेकपा माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरी ३३ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमाले वडा नं. १० को वडा कमिटीका अध्यक्ष रिम बहादुर खड्काको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सह-इन्चार्ज उमा कोइरालाको प्रमुख आतिथ्यतामा बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज सुवास देवकोटा, नेकपा एमाले जिल्ला कमिटीअध्यक्ष कुमार बहादुर कार्की, जिल्ला कमिटी उपाध्यक्ष क कर्ण घिसिङ्ग, जिल्ला कमिटी सदस्य केदार देवकोटा, सागर कार्की, शान्ता राउत, कमलामाई नगर कमिटी अध्यक्ष महेन्द्र देव श्रेष्ठ, नगर कमिटी उपाध्यक्ष देवराज पौडेल, नगर सचिव कृष्ण हरी घिमिरे नगर कमिटी उपसचिव सुन्दर घिसिङ, नगर सदस्यहरु रामहरी ढुङेल, हरिस्चन्द्र कार्की लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

