सिन्धुलीमाढी। सिन्धुलीमाढीमा नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालका जिल्ला संगठनले गठबन्धन सरकार विरुद्ध बिरोध प्रदर्शन गरेका छन्। सङ्गठनले आईतबार स्थानीय तहको निर्वाचन समयमै गराउन सरकारलाई दबाव स्वरुप बिरोध प्रदर्शन गरेको हो।

सङ्गठनले स्थानीय चुनाव घोषणा गर्न ढिलाई गरेको, मन्त्री रेणु यादवले गैर संवैधानिक अभिव्यक्ति दिँदा पनि पदबाट बर्खास्त गरेको र प्रेट्रोलियम पदार्थ सहित बजार मूल्य अत्याधिक वृद्धि गरेको सम्बन्धमा दबाव दिन आन्दोलन गर्नु परेको जनाएको छ।

दबाव स्वरुप युवा संघ र अखिलका कार्यकर्ताले सिन्धुलीमाढी स्थित पार्टी कार्यालयदेखि लोकतान्त्रिक चोक नगरपालिका अगाडिसम्म मशाल जुलुस निकाली कोण सभा गरेको थियो। आगामी २०७९ जेठ ७ गते स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधी समाप्त हुने भएकाले तत्काल स्थानीय तह निर्वाचनको मिति समयमै घोषणा गर्नु पर्ने लगायतकोमा ग सङ्गठनले संयुक्त रुपमा गरेको हो।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा जनप्रतिनिधिको कार्यकाल सकिनु २ महिना अगाबै घोषणा गर्नुपर्नेमा सरकारले आनाकानी गरेको, नेपाल आयल निगमले मनपरी पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको र संविधान र लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाउँदै नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु कुमारी यादबले साम्प्रदायिक हिंसा भड्काउने किसिमको अभिव्यक्तिको भर्त्सना गरेको छ।

साथै समयमै निर्वाचनको मिति घोषणा गर्न, सरकारको इसारामा गरिएको मूल्यवृद्धि फिर्ता लिन र गैह्र अभिव्यक्ति दिने निज मन्त्रीलाई पदबाट तत्काल बर्खास्त गर्नु पर्ने लगायतको माग रहेको संगठनले जनाएको छ।