काठमाडौं । पछिल्लो दिनहरुमा गाउँ जानेको संख्या धेरै नै वृद्धि भएको छ ।
पुनः लकडाउन हुने हो कि भनेर काठमाडौं लगायत विभिन्न सरह छाडेर गाउँ जानेको संख्या वृद्धि भएको हो । विभिन्न सहरबाट गाउँ जानेको संख्या वृद्धि भएसँगै गाउँमा कोरोनाको जोखिम वृद्धि भएको हो । पछिल्लो समय गाउँमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै बढेको छ ।
रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले विभिन्न जिल्लामा प्रहरी समेत खटिएका छन् । केही जिल्लाका प्रहरीले तपाईँको ‘मास्क खोइ’ अभियान नै सुरु गरी मास्क वितरण गर्नुका साथै मास्क लगाउन आग्रह गरेको छ ।