काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा माघ २१ गतेदेखि भर्न पाइने भएको छ ।
लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १ सय कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरिएको छ । ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणले भर्न पाउँने छन् ।
आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको १० करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । आइपीओ ल्याएपछि पुँजी वृद्धि भएर १६ करोड रुपैयाँ नाघ्ने छ ।