काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको छ।
१५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन्।
नेपालमा हालसम्म सङ्क्रमितको संख्या १० लाख ६२ हजार १०५ पुगेको छ। नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको मन्त्रालयले जनाएको छ।