काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । आज बिहान पहाडी भू-भागको मौसममा आंशिक बदली भएको छ भने तराईमा हुस्सु लागेको जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्यतया बदली रहेको छ । त्यस्तै देशका बाँकी भूभागको मौसममा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको महाशाखाले आँकलन गरेको छ ।

शुक्रबार पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।