कैलाली। राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित भएकी छन्। बुधबार दिउँसो सम्पन्न निर्वाचनमा उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत सहिच निर्वाचन भएकी हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत ल्याएकी छन् । निर्वाचन आयोगले शाह निर्वाचित भएको आधिकारिक घोषणा गर्न बाँकी छ।