काठमाडौं। १२ औँ जनगणनाको प्रारम्भिक जाकारी अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११  रेका छन् ।

२०८६ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । विभागले जनगणाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै यसपटक ०.९३ प्रतिशत वृद्धिदर रहेको जनाएको छ।

प्रारम्भिक नजिता अनुसार धेरै जनघनत्व भएको नगरहरुमा काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र विरगञ्ज महानगरपालिका छन्। कम जनसंख्या भएका ५ नगरपालिकामा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालिगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका रहेका छन्।

धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९ सय ६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १ सय ८७ जनसंख्या रहेको छ। 

सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकामा बाँकेको बैजनाथ, राप्तीसोनारी र खजुरा, रूपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी सबैभन्दा बढी जनसंख्या हुने गाउँपालिका रहेको छ। सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पा भूमी, मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासोँ गाउँपालिका रहेको विभागले प्रारम्भिक तथ्याङ्कमा समावेश गरेको छ।