काठमाण्डौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक संक्रमितको संख्या घट्दै गइरहेको देखिएको हो ।

आज सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित थपिएका छन् । हिजो सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ६ हजार ६४ जना नयाँ संक्रमित भएका थिए । आइतबारको तुलनामा हिजो दैनिक संक्रमितको संख्या २७ हजार ४६९ ले घटेको थियो ।

भारतमा अहिले कोरानाका सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६ सय १४ जना कोरोना संक्रमित मृत्यु भएको छ ।००००