काठमाडौं। केन्द्रीय तथ्याङ्क कार्यालयले १२ ‍औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा माघ १२ मा सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय योजना आयोगमातहको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय नतिजा तयार गरेर सार्वजनिक गर्न लागेको हो।

तथ्याङ्क विभागले जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।