आफै सचेत हुन जरुरी छ, जे बुझिन्छ व्यवहारमा उतार्नु पर्छ । अरुले गल्ती गर्यो भनेर आफुले पनि त्यही गल्ती नगरौँ, युवा जोस र जाँगरलाई सचेत भएर सहि उत्पादनसिल र प्रगतिसिल कार्यमा मात्र प्रयोग गर्ने गरौँ।
आजको समयमा सबै पाट्टीको आ-आफनै भाद्री सङ्गठनहरु छन्, ती सङ्गठनहरुले कलेज क्याम्पसदेखि लिएर राष्ट्रिय सवालको मुद्दहरुमा समेत आवाज उठाउदै आएका छ्न्।जसको ज्वलन्त उदाहरण अनेरास्बियु तथा राष्ट्रिय युवा संघलाई लिन सकिन्छ। गाउँको साना कुरा या एमसिसि जस्ता जटिल मुद्दा ती सबैमा युवा सहकार्यको ठूलो भुमिका रहन्छ। सर्व सुलभ विद्यार्थीलाई भाडा छुट गराउने काममा होस् या छात्रवृत्ति उपलब्ध गराउने कुरा या पीडितलाई न्याय हुन पर्छ भन्ने कुरामा यस्तै अन्य सामाजिक राजनैतिक कुराहरुमा हामी सचेत हुन जरुरी छ। सङ्गठनबाट गरिने काम पारदर्शी र शुद्द स्वार्थरहित हुनु पर्छ। वर्तमान समयमा कोभिडको प्रकोपको तेस्रो लहर बढ्दै गर्दा आफैले तामजाम भेला र गोष्टी आन्दोलन गरेर भीड बनाउँदै अरुलाई भीड नगर भन्न सुहाउँदैन । त्यसैले सबै सजक भएर हिँड्न जरुरी छ। सङ्गठनमा आवद्ध भएर बाहिर राम्रो हुने अनि भित्र आफै बिकृती फैलाउने प्रवृत्ति ज्यादै डरलाग्दो छ । यो क्रमले आउने दिनमा सङ्गठन र समुहप्रतिको जन आशा र विश्वास हराउँदै जान सक्छ।
हालको अवस्थामा विभिन्न भाद्री सङ्गठनहरुले धेरै विषयहरुमा आवाज उठाउँदै आएका छ्न् तथापी उठाइँदै गरेको प्रश्न र आफैले गर्ने व्यवहारमा आफैले साँचो नडाँटी मुल्याङ्कन गर्नु जरुरी छ। "यहाँ समस्या चुरोट जाँड रक्सी खानु हुँदैन भनेर थाहा नहुनु हैन तर त्यो खानु पिउनु हुँदैन भनेर थाहा हुँदा हुँदै त्यही व्यवहार आफैले दोहोर्याउनु आफैले गर्नु चै ठूलो समस्या हो।" देशको लागि केही गर्नुपर्छ भनेर थाहा धेरैलाई छ तर सहि निणय गर्न नसकेर त्यो विषयवस्तुलाई नै तुच्छ ठान्नु चै समस्या हो।
वर्तमान समयमा तराई पहाड हिमालका सबै एक नास हुन्, सबै जातजाती समान हुन् भनेर वाकलत गर्दैगर्दा तिनै विषयवस्तुमा हाम्रो हेराइ र व्यवहार कस्तो छ ? म बाहुनको घरमा एउटा सुद्र भनाइएका आउँदा के मैले खुसिले स्वागत गर्न सक्दैछु ? कि मैले राजनैतिक मुद्दा मात्र बनाउदैछु ? सोच्न जरुरी छ।बाहिर महिला हिंसा अन्त्य गर भन्दै आवाज उठाउने पुरुषले के आफ्नै घरकी श्रीमतीलाई हिंसारहित प्रेमिलो व्यवहार गर्दैछ/गर्दैछौँ ? आफैले मुल्याङ्कन गर्न जरुरी छ। यदि घरको चरीलाई दानपानी दिन नसक्नेले वनको चरीलाई म त्यसलाई हेरविचार गर्छु भन्दैछ भने त्यो झूटो हो।त्यो भ्रम हो।
त्यो निकायले भ्रष्टाचार गर्यो भनेर विरोध र आलोचना गर्दैगर्दा आफ्नो काम छिटो होस् भनेर आफैले अरुको गोजीमा दाम खसाइदिने काम जबसम्म हट्दैन, तबसम्म जतिनै भुकेपनी भ्रष्टाचार कहिल्यै हट्दैन।
प्रदेशले के नाप्यो भन्दै गर्दा स्थानिय सरकारहरुले आफुले के नापियो, के तासियो, के र कुन विषयमा चै लछारपाटो काट्न सकियो विचर गर्नु जरुरी छ। एउटा युवाले हाम्रो लागी केही गरेन भन्दैगर्दा आफुले के कोसिस गरेँ, आफ्नो समाजमा के हुँदैछ जनकार हुन जरुरी छ। भान्से मात्र बसेर मैले गरे भन्नूभन्दा खोजिमेली गर्ने जुटाउने भएर चुप बस्नु असल हुन्छ।
सबैजना सजक र होसियर हुन आवश्यक छ। अबको आउने पुस्ताको लागि कोही आइदेला भनेर बाटो कुर्नुभन्दा आफै त्यो सीप र दक्षताले युक्त हुन जरुरी छ।महोदय आफ्नो घर बाँदरले बनाइदिँदैन आफैले बनाउनु पर्छ ।
(लेखक: अनिश राई, इलाम)