काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को एसईई परीक्षा बैशाखमा सञ्चालन गर्ने निर्णय गरेको छ। शनिबार बसेको बोर्डको बैठकले एसईई बैशाखमा गर्ने निर्णय गरेको हो।

त्यस्तै बोर्डले कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यो साताको अन्तिममा परीक्षाका तालिका सार्वजनिक गरेर परीक्षाको मिति तोकिने जनाएका छन्। नयाँ भेरियन्ट सहितको कोभिड-१९ सङ्क्रमण र त्रासका कारण यस शैक्षिक सत्रको पठनपाठनमा बाधा पुर्‍याएकाले परीक्षा बैशाखमा गर्न लागिएको हो।