काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाको सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।
अध्यक्ष ओलीलाई शनिबार गरिएको एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि पीसीआर विधिबाट समेत परिक्षण गरिएको थियो। ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा रहेको र उनको स्वास्थ्य अवस्था समान्य रहेको सचिवालयले जनाएको छ।