काठमाडौै। आज देशभरका अदालतलाई शोक बिदा दिने निर्णय भएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको शोकमा आइतबार देशभरका अदालत बिदा दिईने निर्णय गरेको हो।

वि.सं. १९९१ पुस १ मा काठमाडौंको कमलपोखरीमा जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०५४ साल चैतमा प्रधानन्यायाधीशमा नियुक्ति भई २०५६ मंसिर ३० सम्म कार्यभार सम्हालेका थिए। शर्माको निधन गत बुधबार भएको थियो।