काठमाडौं। सरकारले माघ १० गतेदेखि खाडी मुलुक, मलेसिया लगायतका देशरहरू भिजिट भिषामा भ्रमणमा जान रोक लगाएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भ्रमणमा जान रोक लगाएको हो।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कोरोना सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै गएको र खाडी र मलेसियामा गएकाहरू बिचल्लीमा पर्ने गरेको गुनासो र समाचार आएपछि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको जनाएको छ। विज्ञप्तिमा अर्को आदेश जारी नहुन्जेलसम्मको लागि माग १० गते देखि लागू हुने गरी भ्रमणमा जान प्रतिबन्ध लगाएको जनाएको छ।