काठमाडौं। पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १ सय ८७ जनामा गरिएको परिक्षणमा ती सङ्क्रमित थपिएका हुन्।
कोरोना सङ्क्रमणका कारण १६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। त्यस्तै ७ सय ८ जनाले कोरोना जितेका छन्। हाल ७२ हजार ८ सय ६२ सक्रिय सङ्क्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।