काठमाडौं। सुक्रबार पनि सर्वोच्च अदालतले लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दाहरू ‘हेर्दाहेर्दै’मा राखेको छ। न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासमा लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ तोकिएको थियो ।

सुक्रबार बसेको पूर्ण इजलासले पनि उक्त मुद्दा ‘हेर्दाहेर्दै’ राखेको हो । २०७८ असोज १ गते शिवहरी दाहालसमेतद्वारा लोकसेवा आयोग विरुद्ध दायर रिट कात्तिक ५ गते इन्द्रकमल शिवाकोटीद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विरुद्ध २५ वटा मुद्दा एकै ठाउँमा राखेर हेरिँदै छ।

यससँगै पुस २९ गतेबाट एकसात सुनुवाइ सुरु भएको थियो। पुसमा ‘हेर्दाहेर्दै’ राखिएको उक्त मुद्दाको पेशी आजको लागि तोकिएको थियो।