काठमाडौं। जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरी प्रसाद पन्तका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन लगायतका सवारीहरूलाई जोर बिजोर प्रणाली नलाग्ने बताएका छन्।
उनका अनुसार ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र),परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा वैक/बीमा/बित्तीय संस्था/वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, सूचना तथा प्रशारण विभागबाट जारी पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनलाई जोर बिजोर प्रणाली लागु हुँदैन।