काठमाडौं। कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ। माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन सारेको हो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। कोरोना महामारीका कारण जिल्ला अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।