काठमाडौं। अग्रपङ्क्तिमा रहेर नियमित सेवा दिने सबै निकायका कर्मचारीले हप्ताको दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ। उपत्यकाको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले त्यस्तो नर्णय गरेको हो।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमित सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टीजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने भनिएको छ ।