हेटौडा। बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ। बिहीबार प्रदेश मन्त्रिपरिषद्को बसेको बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको प्रगति समीक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमीकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलेको संयोजकत्वमा श्वेतपत्र लेखन समितिसमेत निर्माण गरिएको छ । मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिसमेत गठन गरिएको छ ।