काठमाडौं। नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण बढेको भन्दै लोक सेवा आयोगले सबै लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ। आयोगको बिहीबार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीका अनुसार माघ ११ गतेदेखि देखि हुने सबै लिखित परीक्षका स्थगित भएको छ। माघ ११ गते उपसचिवको लिखित परीक्षा सञ्चालन हुने कार्यतालिका थियो। संगठित संस्थाका परीक्षाहरु पनि यही अवधिमा सञ्चालन हुने कार्यतालिका थियो ती सबै परीक्षाहरु हाललाई स्थगित भएको सूचना अधिकारी सुवेदीले जनाएका छन् ।

देशभर कोरोना संक्रमणको दर बढेको र लोक सेवा आयोगका कर्मचारीहरु पनि कोरोना संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गरेको हो ।