काठमाडौं। त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका ९ गतेपछि हुने सबै परीक्षा स्थगित गरेको छ। बिहीबार परीक्षा नियन्त्रण कार्यालयको बैठकले परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविको परीक्षा शाखाले शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत सञ्चालन हुने जनाएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार भोलि र पर्सिको प्रवेश परीक्षा हुने र  त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेको बताएका छन्। 

त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ । तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।