काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलसहित अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम र पूर्वी तराई भेगमा हुस्सु लागि रहेको छ।
आज देशको पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
भोली शुक्रबार पनि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

