सिन्धुलीमाढी। भूमि आयोग सिन्धुलीका अध्यक्ष राम कुमार पौडेलले पदभार ग्रहण गरेका छन्। बुधबारअध्यक्ष पौडेलले नापी कार्यलय सिन्धुलीमा पदभार ग्रहण गरेका हुन्।
बुधबार एक कार्यक्रमबीच बागमती प्रदेश सांसाद लेखनाथ दाहाल (राजन), नेपाली काङ्ग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद दाहाल,जनता समाजबादि पार्टि सिन्धुलीका अध्यक्ष बृहत स्याङ्तान तथा प्रमुख जिल्लाा अधिकारी रमेश न्यौपाने लगायतको उपस्थितीमा अध्यक्ष पौडेललाई स्वागत गरिएको हो।
पदभार ग्रहण गर्दै अध्यक्ष पौडेलले भूमि आयोगले कानुन बमोजिम भूमिहिनहरुलाई जग्गााको लालपुर्जा वितरण गर्ने उदेश्यले नेपालको २८ जिल्लामा भूमि आयोगको कार्यसमिती गठन गरेको र जिल्लामा वास्तविक भूमिहिनको पहिचान गरी लालपुर्जा वितरण गर्ने काम तिब्र रुपमा अघि बढाउने बताए।