गायक उत्तम पौडेलको एकल आधुनिक गीत “हजारौँ माझ” सार्बजनिक भएको छ । बिगत लामो समय देखी संगित क्षेत्रमा क्रियाशिल रहेका पौडेलले आफ्नै शब्द र स्वरमा रहेको गित “हजारौँ माझ” U.P. music युट्युब च्यानल मार्फत सार्बजनिक गरेको हुन ।
सुर मेलोडी रेकर्डिङ स्टुडियो क्षेत्रपाटीमा रेकर्डिङ भएको उक्त गितमा संगितकार प्रेमकृष्ण बजगाईको संगित रहेको छ । गितको एरेन्ज र बाद्यबादन सम्बन्धी सम्पूर्ण ब्यबस्थापन बुद्ध सायमीले गरेका थिए भने भिडियो सम्बन्धी छाँयाङ्कन र सम्पादनको कार्य कृष्ण राई र गंगाराम राईले गरेको गायक पौडेलले बताएका छन ।
गीतको शब्द र भावलाई मध्यनजर गर्दा यो गीत हेर्ने भन्दा पनि ज्यादा सुन्ने प्रकृतिको भएको हुँदा हाललाई स्टुडियो टेक र रेकर्डिङको परिबेशलाई मात्र कैद गरी भिडियो निर्माण गरिएको गायक पौडेलले बताए । गायक उत्तम पौडेल हाल रामेछाप साँस्कृतिक कलाकार समाजका बरिष्ठ उपाध्यक्ष समेत रहेको छन ।

