काठमाण्डौ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले पीसीआर परिक्षणको शुल्क सरकारी अस्पतालमा ८ सय र निजी अस्पतालमा १५ सय रुपैयाँ कामय गरेको हो । सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ । यसअघि कोरोना परीक्षण शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ रहेको थियो । सरकारले परीक्षण शुल्क घटाउन स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले सरकारीमा ८ सय र निजी अस्पतालमा १५ सय सम्म बनाउन सकिने प्रतिवेदन पेश गरेको थियो । उक्त सुझावका आधारमा सरकारले पीसीआर शुल्क घटाएको हो ।
यसैबीच, आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । गृह मन्त्रालयमा आज बसेको सरोकारवालाहरुको बैठकमा हवाई यात्रामा एन्टिजेट परीक्षण अनिवार्य नगर्ने मौखिक सहमति भएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले हवाई यात्रामा एन्टिजेट परीक्षण अनिवार्य गरेपनि उक्त निर्णय छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै अनिवार्य नगर्ने निर्णय भएको बायुसेवा संचालक संघले जनाएको छ । नयाँ निर्णय अनुसार फेस शिल्ड अनिवार्य नभएपनि हवाई यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ । यात्रुसँग खोप कार्ड भने अनिवार्य हुनुपर्ने छ । यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ ।००००