काठमाण्डौ । विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । 

आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफले पीएम कपको उपाधि रक्षा गरेको हो । उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ ।टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

एपीएफका किशोर महतोले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो।एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३÷३ विकेट लिए । ००००