काठमावडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको छ । सरकारका अनुसार सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर भएको हो ।
काठमाडौं स्थित नेपाल र चीनले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको सार्वजनिक गरेका हुन् । यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारीक मानिँदै आएको थियो।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार अब नयाँ उचाई ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर आधिकारीक हुने जनाएका छन् । नेपाल सरकारको तर्फबाट नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले गत २०७६ सालमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो ।

