काठमाडौं । आजदेखि सुरु गर्ने भनिएको कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान सञ्चालनमा समस्या देखिएको छ । सरकारले अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई आजदेखि अतिरिक्त खोप दिने बताएको थियो ।
अभियान सञ्चालनका लागि सरकारले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताएको थियो ।
तर, खोप सञ्चालन गर्ने स्थानीय तहहरुले भने जनशक्ति अभावका कारण खोप अभियान सुरु गर्न नसकेको बताएका छन् । माघ ७ गतेसम्म नियमित खोप चलिरहेका कारण अतिरिक्त खोप अभियान सञ्चालन गर्न नसकेको उनीहरुको भनाई छ ।
सरकारले जनशक्ति व्यवस्थापन नगरिकन् खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको उनीहरुको भनाई छ । अहिलेको जनशक्तिले नियमित र अतिरिक्त खोप अभियान सञ्चालन गर्न नसक्ने उनीहरुको भनाई छ ।