काठमाडौं । नेपाल सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वाजनिक गर्ने भएको छ । सन् १०५४ मा सर्वे अफ इण्डियाले मापन गरी कायम गरेको उचाई ८,८४८ मिटर आधिकारी मानिँदै आएकोमा अब भने नेपाली प्राविधिक टोलीले नै मापन गरेको उचाई सार्वजनिक गर्न लागिएको हो ।
नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीका अनुसार पहिलो पटक नेपाली प्राविधिक टोलीले नै सगरमाथाको उचाइ नापेको र नयाँ उचाई सार्वजनिक गर्न लागिएको बताएका छन् ।
नापी विभागले गत २०७६ जेठबाट नै सगरमाथाको उचाइ नाप्ने कामका लागि विभागका प्राविधिक कर्मचारी खटाईएको र उनीहरुले सगरमाथाको शिखरमा पुगेर तथ्याङहरू संकलन जनाएका छन् ।

