काठमाडौं। आजबाट किरात समुदायको नयाँ वर्ष अर्थात् येले सम्वत ५०८२ को शुरु भएको छ। प्रथम किराती राजा यलम्बरले शुरु गरेको सम्वत् भएकाले येले सम्वतको रुपमा आजको दिन किरात समुदायले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन्।
प्रथम किराती राजा यलम्बरले शुरु गरेको येले सम्वतलाई सन् २००९ नोभेम्बर १५ नेपालको राष्ट्रिय सम्बतका रूपमा चिनिएको छ । किरात समुदायमा लिम्बुहरूले यसलाई 'येले ताङ्बे' भन्छन् भने बान्तावा राईहरूले 'येले दोङ' र सुनुवारहरूले 'येले थोचे' भन्ने गरेको पाइन्छ। हरेक वर्ष माघ १ गतेका दिन सम्वत फेरिने गर्दछ।
नयाँ वर्ष येले सम्वतको अवसरमा किराती समुदायले विभिन्न कन्दमुलका प्रकारहरु खाएर शुभकामना आदानप्रदान गर्ने गर्दछन्।
सुनुवार समुदायले यस पर्वको अवसरमा काठमाडौैमा रहेका सुनुवारहरूले सुनुवार सेवा समाज संघीय समितिको कार्यालयमा समिबु पिदार तथा शुभकामना आदान प्रदान गरी येले थोचे ५०८२ मनाउने कार्यक्रम रहेको जनाएको छ।