काठमाडौं । मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ (३) बमोजिम प्राधिकरणको अवधि २०७७ पुस १० गतेबाट एक वर्ष थप गर्ने निर्णय सरकारले गरेको हो ।
त्यसरी थपिएको अवधिमा २०७८ असार मसान्तसम्ममा प्राधिकरणले चालू आर्थिक वर्ष २०७७-०७८ मा विनियोजित बजेट र योजनाका कार्यहरु सम्पन्न गर्ने र नयाँ आ.ब.२०७८/७९ को २०७८ साउन १ गतेदेखि २०७८ पुस १० गते अवधिमा निजी आवास, सिंहदरवार, रानीपोखरी एवं धरहरा जस्ता संरचनाहरुको अन्तिम फर्छौट गर्ने गरी अवधि थपिएको पाईएको छ ।

