काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिषरिषद्को सिफारिसमा यौन हिंसा विरुद्धको ऐन संशोधन गर्ने अध्यादेश २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्ययादेश २०७७ स्वीकृत गरेकी छन् । राष्ट्रपतिले आइतबार ति दुई अध्यादेश स्वीकृत गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश राष्ट्रपतिले स्वीकृत गरेको जनाएको छ ।