रामेछाप। रामेछापका जुझारू पत्रकार मधुसुदन रायमाझी सम्मानीत भएका छन्। उनलाई रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले आफ्नो पालिका समृद्धिका लागि कलम चलाएको भन्दै रायमाझीलाई सम्मान गरेको हो।
बिहीबार सम्पन्न खाँडादेवी गाउँपालिकाको दशौँ गाउँ सभामा आयोजित एक कार्यक्रमबीच पत्रकार रायमाझीलाई सम्मान गरिएको हो। पत्रकार रायमाझीलाई गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास लगायतको सहभागीता रहेको थियो । नेपाल समाचारपत्रमा कार्यरत पत्रकार रायमाझीलाई गाउँपालिकाले अगाडि सारेका विकास निर्माणको कार्यहरुलाई सूचना प्रभाव गरी उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरेको हो ।

