काठमाडौं। कर्मचारी समायोजन र लोक सेवा आयोगका शाखा अधिकृत सहितका पदहरूको परीक्षा तथा नयाँ सिफारिससँग जोडिएका मुद्दाहरू हेर्दाहेर्दैमा राखिएको छ। करिब ४ महिनादेखि थाती रहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको हो।

बिहीबार(आज) आयोगलाई विपक्षी बनाई दायर २५ वटा रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ बिहीबार(आज)प्रारम्भ गरिएको भएपनि सुनुवाइ नसकिएले हेर्दा हेर्दैमा राखिएको हो।

यस सम्बन्धी मुद्दा चार महिनादेखि हेर्न नमिल्ने भन्दै पटक-पटक स्थगित भएको थियो। बिहीबार सर्वोच्च अदालतका न्यायाधिशत्रय सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा सुनुवाइ शुरु भएको थियो ।