सिन्धुलीमाढी। नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमार बहादुर कार्की(रामकुमार) बिजयी भएका छन्। जिल्लाको सातौँ अधिवेशनको बन्दसत्रले सर्वसम्मत पदाधिकारी चुन्न नसक्दा हिजो सम्मपन्न निर्वाचनमा कार्की अध्यक्षमा निर्वाचित भएका हुन्। 

आइबार सम्पन्न निर्वाचनमा राति अबेर आएको मतपरिणाम अनुसार जिल्ला कमिटीको उपाध्यक्षमा कर्ण घिसिङ, उसपसचिवमा रस्मिला देवकोटा र मञ्जु देवकोटा विजय भएको निर्वाचन अधिकृतले जनाएका छन्। सचिव पदमा भने यस अघि नै नारायण बराल सर्वसम्मत निर्वाचित भईसकेका छन्। 

अध्यक्षमा निर्वाचित कार्कीले कुल ९ सय ४ मतमा ४ सय ८८ मत ल्याए भने अध्यक्षका प्रत्यासी प्रदिप कटुवालको ४ सय ८ मत आएको छ। त्यस्तै उपाध्यक्षमा कर्ण घिसिङ ४ सय ४९ मतका साथ निर्वाचत भएका हुन्। उपाध्यक्षका प्रत्यासी उम्मेदवार विनोद कुमार खड्का र जगदिश्वर तोलाङ्गीको क्रमश ४०४ र २१ मत आएको छ।

उपसचिवमा रस्मिला देवकोटा ४ सय ६५, मञ्जु देवकोटा ४ सय ४५ मत ल्याई निर्वाचित भएका छन्। उपसचिवका प्रत्यासी खड्ग रजन (धिरज) र नवराज थिङको क्रमश ४०८ र ४४० मत आएको छ।