सिन्धुलीमाढी। नेकपा एमाले सिन्धुलिको ७ औँ जिल्ला अधिवेशनको बन्दसत्रले जिल्लाको नेतृत्व सर्वसम्मत गर्न नसकेपछि निर्वाचन प्रक्रियामा मतदान सम्पन्न भएको छ। अध्यक्षसहितका पदाधिकारी र विभिन्न क्लस्टरको सदस्य पदका लागि आइतबार बिहान ११ बजेदेखि शुरु भएको मतदान साँझ ७ बजेसम्म मदतान सम्पन्न भएको हो।

अध्यक्षसहितका पदाधिकारी र विभिन्न क्लस्टरको सदस्य पदमा भएको निर्वाचनमा कुल ९ सय २२ मतमा ९ सय ४ मत खसेको निर्वाचन अधिकारीले जनाएका छन्। मतदान सकिएपछि अब मतगणनाका लागि निर्वाचन समिती र अध्यक्ष मण्डलको संयुक्त बठैक बसिरहेको निर्वाचन समितिले जनाएको छ ।

मतगणना निर्वाचन समिती र अध्यक्ष मण्डलको संयुक्त बठैक पछी हुने निर्वाचन समितिले जनाएको छ ।

एमालेको जिल्ला अध्यक्षमा पूर्व अध्यक्ष प्रदिप कटुवाल र  राम कुमार कार्कीले अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तै, उपाध्यक्षका लागि बिनोद कुमार खड्का, जगदिश्वरतोलाङ्गी र कर्ण बहादुर घिसिङ्बीच आमनेसामने भएको छ।