काठमाडौं। नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिएका छन्।

सीसीएमसीसीको बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने अधिकार दिएको उनले बताईन्। पछिल्लो केही दिनदेखि नेपालमा कोरोना संक्रमण बढ्दै गएको हुँदा विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।