काठमाडौं । नेपाल सरकारले चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखी चाबहिल सम्मको सडक विस्तार गर्ने क्रममा विश्व सम्पदा सुचिमा सुचिकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजारौ मूर्तीहरूको स्तुपा समेत भत्काउने निर्णय प्रति आदिवासी जनजाति महासंघ अमेरिकाले गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै विकासको नाममा विश्वसामु नेपालको पहिचान समेत संस्थापित गराउने महात्मा गौतमबुद्धका स्तुपा नै भत्काउनु पर्ने कुनै कारण देखिदैन, शाक्यमुनि बुद्वको जन्मभुमि नेपालमा यसप्रकारको कार्य हुनु निन्दनीय हुने जनाएको छ ।

त्यस्तै, स्वयंभू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले संघर्षका कार्यक्रमहरू गरीरहेको प्रती नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाले ऐक्यवद्दता समेत जनाएको छ ।

नेपालको विकास र संमृद्वीको लागी नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्बर्धन, प्रचार-प्रसार गर्दै विश्व समुदायलाई परिचित गराउदै विदेशी पर्यटकहरूलाई आकर्षित गराउने दायित्व नेपाल सरकारको हुनुपर्छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष मुलुक मुलुक भएकाले यहाँ सबै धर्म , सम्प्रदायहरू समानरूपमा रमाउन पाउनु पर्ने भन्दै राज्यले विकासको नाममा गरेको पटक पकटको आदिवासीहरूको मौलिक पहिचान, थाकथलो सानै धार्मिक, सांस्कृतिक सम्पदाहरू माथीको अतिक्रमण गरेको र त्यस्ता कार्य तुरून्त प्रेस विज्ञप्ति मार्फत भनेको छ ।

प्रेस विज्ञप्ति: