धनगढी। कैलालीमा एक वृद्धामाथि भएको बलात्कारको मिलापत्र गराउने जनप्रतिनिधि वडा सदस्य सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उक्त घटनामा ७७ वर्षिया वृद्धमाथि बलात्कारको घटना भएको थियो।

पक्राउन पर्नेमा घोडाघोडी नगरपालिका-४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराईलाई पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए। उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

घोडाघोडी नगरपालिका-४ का ७७ वर्षिया वृद्धमाथी गत मंसिर १५ गते बलात्कार भएको थियो ।