काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा आवेदन दिएका ५ जना आवेदकहरु अन्तर्वाताका लागि छनौट भएका छन् ।

नेप्सेको सीइओ छनौटका लागि गठित समितिले उनीहरुलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वाताका लागि बोलाएको छ । समितिले कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीलाई प्रस्तुतीकरण तथा अन्तर्वाताका लागि बोलाएको हो ।