काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै भोली पुस २४ गते देशभर सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। भोली राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

