काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ। २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो।

ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। त्यसमध्ये ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np बाट हेर्न सकिन्छ। साथै नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

त्यस्तै बोर्डले २०७८ सालको कक्षा १२ को ग्रेड वृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण गरिएको सूचना प्रकाशन गरेको छ।