काठमाडौं। गृह मन्त्रालयले ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को हेरफेर गरेको छ ।

गृह मन्त्रालयका अनुसार झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिमलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाल, सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ। बागलुङको प्रजिअमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ। बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ। ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयका उपसचिव दिल कुमार तामाङ रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानालाई सरुवा गरिएको छ ।